प्रकाशित मिति : सोम, चैत्र १०, २०७६


फ्रान्सबाट आएकी एक युवतीलाई कोरोना भएको पुष्टि


फ्रान्सबाट आएकी एक युवतीलाई कोरोना भएको पुष्टि

काठमाडौँ । फ्रान्सबाट कतार हुँदै आएकी एक जना नेपाली विद्यार्थीमा कोरोना भाइरस देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो।

पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले ती बिरामीको अहिले टेकु अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

१९ वर्षीया ती युवतीमा कोरोना भाइरसको संक्रमण आइतबार साँझ पुष्टि भएको मन्त्री ढकालले जानकारी दिए।

नेपालमा कोरोना भाइरसको पुष्टि भएको यो दोस्रो केस हो। महिना दिनअघि चीनको वुहानबाट फर्किएका एक नेपालीलाई पनि कोरोना देखिएको थियो। अहिले उनी उपचारपछि निको भएर घर फर्किएका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट