प्रकाशित मिति : सोम, चैत्र १०, २०७६


आजदेखि एउटा जिल्लाबाट अर्को जिल्ला जान नपाइने


आजदेखि एउटा जिल्लाबाट अर्को जिल्ला जान नपाइने

काठमाडौँ । कोरोना भाइरसको त्रास बढेसँगै सरकारले आज (सोमबार)देखि एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक यातायात सञ्चालन गर्न रोक लगाएको छ । कोरोना रोकथामका लागि सावधानी अपनाउन भन्दै सरकारले यस्तो निर्णय गरेको हो । सहरभित्र चल्ने सार्वजनिक साधनमा भने अवरोध हुनेछैन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सहरका जुनसुकै ठाउँमा पनि सवारीसाधन चल्न दिने तर एक जिल्लाबाट अर्को जिल्लामा भने जान नपाउने जानकारी दिए ।

उनका अनुसार अब काभ्रेबाट काठमाडौं चल्ने स्थानीय रुटका गाडी पनि चल्न पाउँदैनन् । उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंलाई एउटै सहर मानेर यी जिल्लामा लोकल गाडी चल्ने व्यवस्था गरिएकाले यहाँ भने यो नियम लागु हुने छैन् ।

यी तीन जिल्लाबाहे अन्यत्र जान आउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख (एसएसपी) भीमप्रसाद ढकालले जानकारी दिए । उनले यो नियम कडाइका साथ कार्यान्व्यन हुने बताए । यस्तै आजैबाट सरकारले लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट