प्रकाशित मिति : शुक्र, चैत्र ७, २०७६


मेस्सीको एक बर्ष कै कमाई १२७ मिलियन यूरो !!


मेस्सीको एक बर्ष कै कमाई १२७ मिलियन यूरो !!

बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सी सर्वाधिक कमाइ गर्ने खेलाडीको पहिलाे स्थानमा परेका छन् । मेस्सी सन् २०१९ मा सर्वाधिक कमाइ गर्ने विश्वका ५० खेलाडीमध्ये शीर्ष स्थानमा परेका हुन् । उनले गएको वर्ष झण्डै १२७ मिलियन युराे कमाइ गरेका छन् ।

यस्तै, पोर्चुगल तथा युभेन्टसका खेलाडी क्रिस्टियानो रोनाल्डो सर्वाधिक कमाइ गर्ने खेलाडीको दोस्रो स्थानमा परेका छन् । उनले २०१९ मा झण्डै १०९ मिलियन युराे कमाएको एक सर्वेक्षणले देखाएकाे छ ।

पीएसजीका स्टार नेयमारले सन् २०१९ मा झण्डै १०५ मिलियन युराे कमाएर तेस्रो स्थानमा रहेका छन् भने म्यानचेस्टर युनाइटेडका पोग्वा ४४ औँ स्थानमा छन् । उनले ३३ मिलियन युराे कमाइ गरेको बताइएको छ ।

बार्सिलोनाका पूर्व खेलाडी इनिइस्टा सूचीको ४६ औँ स्थानमा रहेका छन् । उनले ३२ मिलियन युराे कमाइ गरेकाे सर्वेक्षणले देखाएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट