प्रकाशित मिति : बिहि, चैत्र ६, २०७६


मेस्सीसँग म बार्सिलोना फर्किन चाहन्छु : पोचेटिनो !!


मेस्सीसँग म बार्सिलोना फर्किन चाहन्छु : पोचेटिनो !!

मौरिसियो पोचेटिनो पुर्बी बार्सिलोना एबम टोटनह्याम हट्सपर प्रशिक्षकले तत्कालिन बार्सिलोना प्रशिक्षक बन्न आफु इच्छुक रहेको बताएका छन् । भल्भार्डेले बार्सिलोना छाड्दै गर्दा पोचेटिनोले बार्सिलोना समाल्ने जिम्मेवारीलाई लत्याएका थिए । बार्सिलोनाको प्रशिक्षणको पद खालि हुदै गर्दा पोचेटिनोले आफु एस्पैनोल समाल्ने रहर बोकेका थिए । बार्सिलोनाले प्रशिक्षक चयनमा मनोनयनमा परेको चौथो विकल्पलाई आत्मासाथ् गर्न पुगेको थियो ।

पोचेटिनो उक्त चयनको प्रमुख रोजाईमा परेका थिए भने पोचेटिनोसंगै बार्सिलोनाको प्रशिक्षणमा फर्किन पुर्बी बार्सिलोना खेलाडी जावी हर्नान्डेज र कोमान नेदरल्याण्ड राष्ट्रिय फुटबल प्रशिक्षकले समेत इन्कार गरेका थिए ।

तर हाल मौरिसियो पोचेटिनोले खुलेर आफु बार्सिलोना फर्किन चाहेको र मेस्सीसंग आफ्नो सामिप्यता बढाउन चाहेको ब्यक्त गरेका छन् ।

रेडियो डे प्ल्याटा संग कुरा गर्दै पोचेटिनोले भने -“मेस्सीको साथ् म बार्सिलोना फर्किन चाहन्छु” !! उनले भने ।

उनले विश्वकप २०२२ का निमित मेस्सीसंगै रहेर अन्तिम पटक मेस्सीको विश्वकप टाइटलका निम्ति साथ् दिने पोचेटिनोले बताएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट