कोरोना छल्न माल्दिभ्स तिर रीमा, इन्स्टामा मस्ती लुक सार्वजनिक गर्दै !! हेरौ फोटो फिचर

कोरोना छल्न माल्दिभ्स तिर रीमा, इन्स्टामा मस्ती लुक सार्वजनिक गर्दै !! हेरौ फोटो फिचर

बिहि, चैत्र ६, २०७६


‘कमेडी च्याम्पियन’ सकिए लगत्तै बिदा मनाउन यतीबेला नायिका तथा मोडल रीमा विश्वकर्मा माल्दिभ्स पुगेकी छिन् । कमेडी च्याम्पियनको उद्घोषक रहेकी रीमाको माल्दिभ्सको स्विमिङ पूलमा पानीमा मस्ती गरिरहेको तस्वीर बाहिरएको छ ।

उक्त तस्वीर सामाजिक संजाल मार्फत बाहिरिएसँगै हाल विश्वभरि कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला उनी माल्दिभ्स पुग्दा सामाजिक संजालमा धेरै प्रयोगकर्ताले यस्तो अवस्थामा किन विदेश गएको भन्दै प्रश्नहरु तेस्राई रहेका छन् ।

विश्वभर फैलिदै गएको कोरोनाको कारण सरकारले अहिले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेकाे छ । सामाजिक सञ्जाल फेसबुकमा भिडियो सेयर गर्दै सबैलाई घर बाहिर ननिस्कन सल्लाह दिएकी रीमा आफैँ भने घुमघामको लागि माल्दिभ्स पुगिन् ।

उनले फेसबुकमा सेयर गरेको भिडियोमा भनेकी छिन् । , ‘विश्वभर फैलिदै गएको कोरोना भाइरसको त्रासले हामी पनि अछुतो छैनौं । यति बेला डराउने भन्दा पनि आफ्नो सुरक्षा र स्वस्थ्यलाई प्राथमिकता दियौं ।

सरकारले बिना काम घर बाहिर ननिस्कनु भनेर नोटिस सार्वजनिक गरिसक्यो । त्यस्ले आफ्नो सुरक्षाको लागि धेरै भन्दा धेरै पटक हात धुनुस्, माक्स लगाउनुस्, सेनिटाइजर प्रयोग गर्नुस् ।’

 

सम्बन्धित