प्रकाशित मिति : बुध, चैत्र ५, २०७६


आखिर किन स्वस्तिमालाई पार्यो फसाद !!


आखिर किन स्वस्तिमालाई पार्यो फसाद !!

‘बुलबुल’को सफलताले स्वस्तिमा खड्कालाई पार्नु सकस पारेको छ। टेम्पो चालक महिलाका रूपमा उनले गरेको अभिनयले अपेक्षा चुल्याउनु चुल्याएको छ। तर, नेपालको फिल्म उद्योग यस्तो छ, यस्ता फिल्म दुईचार वर्षमा एकाध बार बन्छन्। अनि बजारमा चलेको फिल्म नगरी धरै छैन। तर, यिनको छनोटमा पनि चनाखो भएन भने के हुन्छ ? स्वस्तिमाले भोगिरहेकी छिन्।

‘बुलबुल’ रिलिज भएपछि उनले निश्चल बस्नेतसँग ‘घामड शेरे’ गरिन्। अहिले प्रदर्शनको संघारमा छ, ‘चपली हाइट ३’। ‘घामड शेरे’को के हालत भयो, सबैलाई थाहा छ। अब रिलिज हुन लागेको ‘चपली हाइट ३’ को हालत पनि के हुन्छ, थाहा छैन। कमसे कम स्वस्तिमालाई खास फाइदा गर्ने लक्षण छैन।

पहिला त यसको गीतले निराश बनायो। भर्खरै टिजर रिलिज भएको छ, तर यसले पनि बजारमा खासै तरंग सिर्जना गर्न सकेन। ‘प्रेम गीत ३’सँगै रिलिज हुन लागेको फिल्मको टिजरले तालीभन्दा बढी गाली नै खाएको छ। यो फिल्मको पनि सबैभन्दा ठूलो स्टार स्वस्तिमा नै हुन्। त्यसैले यदि यो फिल्म पनि चलेन भने सबैको निशानामा स्वस्तिमा नै पर्नेछिन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट