प्रकाशित मिति : बुध, चैत्र ५, २०७६


रक्तसमूह ‘ए’लाई कोरोनाको जोखिम उच्च, ‘ओ’लाई न्यून‍


रक्तसमूह ‘ए’लाई कोरोनाको जोखिम उच्च, ‘ओ’लाई न्यून‍

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबारे चीनले नयाँ अध्ययन गरेको छ । अध्ययनले रक्त समूह ए का मानिस कोरानाको संक्रमणको उच्च जोखिममा रहेको देखाएको छ ।

साउथ चाइना मर्निङ पोष्टले उल्लेख गरेअनुसार कोरानाको संक्रमणको उच्च जोखिममा रक्त समूह ए का मानिस छन् । चीनका चिकित्सा अनुसन्धाकर्ताहरुले गरेको प्रारम्भिक अनुसन्धानले रक्त समूह ए उच्च जोखिममा छ भने रक्त समूह ओ न्यून जोखिममा छ ।

अनुसन्धाकर्ताहरुले कोरोनाको इपिसेन्टर वुहानका साथै वुहान, बेइजिङ, सांघाई र सेन्झेन सहरमा भाइरस संक्रमित २ हजार भन्दा बढीको रक्त समूहको ‘प्याटर्न’लाई विश्लेषण गरेका थिए । चिकित्सा अनुसन्धानकर्ता वाङ सुहाङ्कको नेतृत्वमा अनुसन्धान भएको थियो ।

‘रक्त समूह ए भएका व्यक्तिहरुमा कोरोनाको लक्षण बढी देखिएको छ । उनीहरु उच्च जोखिममा रहेकाले विशेष निगरानीमा राख्नुपर्छ’ अनुसन्धानकर्ताहरुको सुझावमा उल्लेख छ ।

यद्यपि, स्वास्थ्य शोधकर्ताहरुले अध्ययन प्रारम्भिक भएकोले यसमा थप काम गर्न आवश्यक रहेको बताएका छन् । उनीहरुले कोरोना नियन्त्रणमा प्रयास गरिरहेका निकायहरुलाई रक्त समूहको आधारमा आफ्ना कार्यक्रमहरु अगाडि बढाउन सुझाव दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट