प्रकाशित मिति : बुध, चैत्र ५, २०७६


यूरो कपको नयाँ मिति सार्वाजनिक !!


यूरो कपको नयाँ मिति सार्वाजनिक !!

युरोपियन फुटबल महासङ्घ (यूईएफए) को आयोजनामा हुने युरो कप एक वर्षका लागि सारिएकाे छ । यूइएफएले युरो कप २०२१ को जुन ११ देखि जुलाई ११ सम्म गर्ने निर्णय गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएकाे कोरोना भाइरस (काेभिड–१९) काे त्रासका कारण अहिले युरोपका धेरै देशहरुमा आपत्कालीन अवस्था घाेषणा गरिएकाले त्यसकाे असर फुटबलमा पनि परेको हो ।

युरोपियन फुटबल महासङ्घले युरोपका सबै फुटबल सङ्घहरुसँग भिडियो कन्फ्रेन्स गरेर राय लिएको थियो । जसका आधारमा युरो कप एक वर्षका लागि सारिएकाे हाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट