प्रकाशित मिति : मङ्ल, चैत्र ४, २०७६


आज पनि सुनको मूल्यमा गिरावट !! कतिमा हुदै छ बजारमा सुनको कारोबार !!


आज पनि सुनको मूल्यमा गिरावट !! कतिमा हुदै छ बजारमा सुनको कारोबार !!

निरन्तर उकालो लागेको सुनको मूल्यमा गिरावट आउन थालेको छ।मंगलबार सुन तोलामा २ हजारले घटेर ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ।तेजावी सुनको मूल्य ७५ हजार २ सय कायम गरिएको छ।

सोमबार सुन तोलाको ७७ हजार ५ सय रुपैयाँ कायम गरिएको थियो।

यस्तै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ८० रुपैयाँले घटेर तोलाको ७१० पुगेको छ। सोमबार चाँदी तोलाको ७ सय ९० रुपैयाँमा किनबेच भएको थियो।

मुलुकभर कोरोना भाइरसको महामारीका कारणा आर्थिक मन्दी प्रबल हुँदै गएपछि लगानीकर्ताले डलरमा लगानी गर्नथालेपछि सुनको मूल्यमा गिरावट आएको व्यवसायीहरु बताउँछन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट