प्रकाशित मिति : सोम, चैत्र ३, २०७६


रोनाल्डोको विकल्पमा युभेन्ट्सको रोजाई प्रिमिएर लिगका ह्यारी केन !!


रोनाल्डोको विकल्पमा युभेन्ट्सको रोजाई प्रिमिएर लिगका ह्यारी केन !!

नयाँ सम्झौता अन्तर्गत युभेन्ट्स स्टार क्रिस्टियानो रोनाल्डोले अर्को २ बर्ष युभेन्ट्स नै बस्ने सम्झौता थपेका छन् । इन्टर मायामी जाने योजनाबाट पछी हटेका रोनाल्डो तत्काल युभेन्ट्स नछाड्ने भएका छन् । रोनाल्डोले युभेन्ट्स छाडे युभेन्ट्सले उनको विकल्पका निम्ति प्रिमिएर लिगका ह्यारी केन विकल्पमा राखेको थियो ।

रोनाल्डो २०२२ सम्मका निम्ति युभेन्ट्सका निम्ति सम्झौता गरेका थिए तर उक्त सम्झौता रोनाल्डोले लम्ब्याएर २०२४ सम्म पुर्याएका छन् । लगभग ३९ बर्षको उमेरसम्मका निम्ति रोनाल्डो इटाली मै रहने पक्का भएको छ ।

टोटनह्याम हट्सपरका फरवार्ड नयाँ ट्रान्सफर खुल्दा क्लब छाड्ने योजनामा पुग्दै गर्दा युभेन्ट्सले रोनाल्डोले सम्झौता बढाउन नचाहे ह्यारी केन ल्याउने योजना बनाएको थियो । डेली मैलका अनुसार हाल इन्ग्लिश क्लब युनाइटेड र म्यानचेस्टर सिटीले केन प्रति इच्छा जनाएको छ । नर्थ लन्डनमा अस्ताउदो खेल तबरले गर्दा ह्यारी केनले क्लबबाट विदा लिन चाहेका हुन् । प्रिमिएर लिगमा शिर्ष ४ मा स्थान बनाउन निकै कठिन परेको टोटनह्यामबाट केनले खेल्ने इच्छा हटाएका थिए ।

रोनाल्डोले युभेन्ट्स नछाड्ने हुदा केन युभेन्ट्स आउने विषय समेत रोकिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट