प्रकाशित मिति : शनि, चैत्र १, २०७६


यूरोपियन शिर्ष ५ लिगका सम्पूर्ण खेल स्थगित !!


यूरोपियन शिर्ष ५ लिगका सम्पूर्ण खेल स्थगित !!

विश्वब्यापी फैलिएको कोरोना भाइरसका कारण हरेक क्षत्रमा यसको प्रभाब परेको छ । खेल क्षत्रमा परेको कोरोना भाइरसको प्रभाब हाल फुटबलमा समेत परेको छ । समर्थक विनाको खेल संचालनमा आउदै गरेको विभिन्न खेल हाल पूर्ण रुपमा नै स्थगित भएको छ ।

यूरोपियन शिर्ष ५ लिग इन्ग्लिश प्रिमिएर लिग, स्पेनिस लिग ला लिगा, जर्मन लिग बुँडेसलिगा, फ्रान्स लिग लिग १ र इटालियन लिग सिरी ए का सबै खेल स्थगित भएका छन् । विभिन्न लिगका खेलाडीहरुमा कोरोना भाइरस देखा परे पश्चात यूरोपियन फुटबल संघले पूर्ण लिगहरु नै स्थगित गरेको हो ।

अहिले हाल २ सातासम्मका खेलहरुको समय रद्द गरिएको छ । कोरोना जोखिम बोकेको यूरोपले हरेक क्षत्रमा भिडभाड रोक्दै आएकोमा हाल विभिन्न लिगकअ खेलहरु रोकेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट