प्रकाशित मिति : शनि, फाल्गुन २४, २०७६


लगातार २१ घरेलु जित निकाल्दै लिभरपूल, यूरोपियन टप लिगमा सर्वाधिक ८२ अंक बटुल्दै


लगातार २१ घरेलु जित निकाल्दै लिभरपूल, यूरोपियन टप लिगमा सर्वाधिक ८२ अंक बटुल्दै

जारी प्रिमिएर लिग फुटबल खेल लिभरपूल विरुद्ध बर्नमाउथको खेल लिभरपूल ले आफ्नो एनफिल्डमा २-१ गोल अन्तरले जित हात पारेको छ । जितका निम्ति दुइ गोल मोहोमद सलाह र सदियो मानेले गरेका थिए ।

खेलको सुरुवाती ९ औ मिनेटमा नै बर्नमाउथका कालम विल्सनले अग्रता लिएका थिए ।

लगातार २१ औ घरेलु जित हात पार्दै लिभरपूलले सर्वाधिक २१ लगातार घरेलु जितको रेकर्ड कायम गरेको छ । टाइटल होडमा रहेको लिभरपूल मात्र १२ अंकले उपाधिबाट टाढा रहेको छ ।

२९ खेलबाट लिभरपूलले ८२ अंक बटुलेको छ । यो यूरोपियन फुटबल टप लिगकै सर्वाधिक देह्रै अंक हो । भोलिको म्यानचेस्टर डर्बी खेलबाट टाइटल लिभरपूल अब कति जित टाढा त्यो समेत निर्धारण हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट