प्रकाशित मिति : शुक्र, फाल्गुन २३, २०७६


रोटरी नेपालले सार्कस्तरीय अवार्ड प्रदान गर्ने


रोटरी नेपालले सार्कस्तरीय अवार्ड प्रदान गर्ने

काठमाडौं । नेपालमा क्रियाशील रोटरी डिस्ट्रिक्ट ३२९२ ले सार्क स्तरीय अवार्डको घोषणा गरेको छ । १५ हजार अमेरिकी डलरको उक्त पुरस्कार ‘गोपाल–कमला राजभण्डारी ह्युम्यानिटी अवार्ड’ को नाममा सार्क राष्ट्रका देशहरु नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र भूटानमा शिक्षा तथा साक्षरता अभियानमा क्रियाशील सामाजिक व्यक्ति वा संस्थालाई प्रदान गरिनेछ ।

रोटरी नेपालका डिस्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठले रोटरीले विश्वभर विभिन्न किसिमका सामाजिक कार्यहरु गरिरहेको छ । ‘नेपालको रोटरीले पनि गरेका कार्यहरुको जानकारी अन्य मुलुकमा पनि सम्प्रेषित होस्् भन्ने हेतुले यो अवार्ड घोषणा गरेका हौं ।’ गभर्नर श्रेष्ठले बताए ।

रोटरी नेपालका लिटरेसी चेयर एवं नेपाल सरकारका पूर्व मुख्य सचिव तिर्थमान शाक्यले सार्क मुलुकमा विभिन्न देशबाट रोटरीले तोकेको मापदण्ड अनुसार शिक्षा तथा साक्षरताको क्षेत्रमा उत्कृष्ट सेवा गरेका व्यक्ति वा संस्थालाई आगामी मे १६ अर्थात २०७७ जेठ ३ गते नेपालको राष्ट्रपतिबाट उक्त अवार्ड प्रदान गरिने जानकारी दिए । सार्क स्थापनामा नेपालले खेलेका भूमिकाको स्मराण गर्दै सार्कको गरिमा बढाउन पनि यस अवार्डले थप टेवा पु¥याउने आयोजकको विश्वास छ ।
सन् २०१० मा राष्ट्रिय स्तरमा प्रत्येक २÷२ वर्षमा प्रदान गर्ने स्थापना भएको ‘गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड फर भोकेशनल एक्सिलेन्स अवार्ड’ स्थापना भएको हो ।

राष्ट्रिय स्तरमा उत्कृष्ट कार्य गर्ने व्यक्ति तथा संस्थालाई रु. १० लाखको नगद राशीका साथ प्रदान गरिँदै आएको यो अवार्ड अन्तराष्ट्रिय स्तरमा समेत काम गर्ने उत्कृष्ट व्यक्ति वा संस्थालाई दिने योजना अनुसार परिमार्जन गरि यो अवार्डको राशी १५ हजार अमेरिकी डलर पु¥याईएको हो ।

रोटरीमार्फत र आफ्नो व्यक्तिगत जीवनमा पनि सामाजिक कार्यहरुमा क्रियाशील गोपाल राजभण्डारी रोटरी नेपालका प्रवद्र्धक समेत हुन् । यो अवार्ड राजभण्डारीका छोराहरु राजिव, संजिव र दीपकले स्थापना गरेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट