प्रकाशित मिति : बिहि, फाल्गुन २२, २०७६


एसईई परीक्षा सर्दैन : शिक्षामन्त्री गिरिराजमणि पोखरेल


एसईई परीक्षा सर्दैन : शिक्षामन्त्री गिरिराजमणि पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरसका कारण प्रवेशिका परीक्षा नसर्ने स्पष्ट गरेका छन् । कोरोना भाइरसका कारण एसईई परीक्षा सर्ने भन्ने व्यापक हल्ला भइरहेको छ । विद्यार्थी, अभिभावक तथा शिक्षकहरु परीक्षालाई लिएर अन्योलमा छन् । विहीबार विहान बसेको सरोकारवालाको बैठकमा धेरै जसोले परीक्षा सार्न माग गरेका थिए ।

मन्त्री पोखरेलले परीक्षा नसर्ने स्पष्ट गर्दै भने, “त्यो बेलासम्ममा अवस्था कस्तो हुन्छ अहिले नै भन्न सकिदैन । त्यो बेलासम्ममा कोरोना भाइरसको प्रभाव देखिएमा परीक्षा सार्ने त्यतिबेलै निर्णय हुनेछ ।” यसबीचमा शिक्षा मन्त्रालयले विद्यालय, शिक्षण संस्था, विद्यार्थी, शिक्षक तथा अभिभावकमा पाँच बुँदे अनुरोध गरेको उनले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट