प्रकाशित मिति : बिहि, फाल्गुन २२, २०७६


किसान उपाय बाँदरबाट बाली जोगाउन कुकुरलाई बाघ


किसान उपाय बाँदरबाट बाली जोगाउन कुकुरलाई बाघ

बाँदरको बदबासीबाट आजित भारतको कर्नाटकका एकजना किसानले चाहीँ बाँदर धपाउने अनौठो उपाय अपनाएका छन् । ती किसानले बाँदरबाट आफ्नो बाली जोगाउनका लागि आफ्नो घरको कुकुरलाई बाघ बनाइदिएका छन् ।

कुकुरलाई बाघ कसरी बनाउन सकिन्छ ? ती किसानले गज्जबको आइडिया लगाए । उनले आफ्नो कुकुरलाई ठ्याक्कै बाघको जस्तै गरी रंग लगाइदिएका छन् । जसका कारण त्यो कुकुर ठ्याक्कै पाटेबाघ जस्तो देखिन्छ ।

खुसीको कुरा त के भने यो ‘बाघ’ आइडियाले निकै काम गरेको छ । बाघ बनाइएको यो कुकुरबाट बाँदर तर्सिन थालेको छ । कुकुरलाई साँच्चीकै बाघ ठानेपछि बाँदरहरु खेतको आसपास आउन समेत डराएका छन् ।

आशा गरौँ यो कुकुरले आफ्नो बाघ अवतार कायमै राख्नेछ । यसले बाँदरका अगाडि भुलेर पनि भुक्ने छैन । यदि भुक्न थाल्यो भने त बाँदरले पत्तो पाइहाल्ने छन् । ती किसानले कुकुरलाई बाघ बनाउनका लागि सामान्य रङको प्रयोग नगरी हेयर डाईको प्रयोग गरेको बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट