प्रकाशित मिति : बिहि, फाल्गुन २२, २०७६


चिकित्सकले रुवाउन खोज्दा, रिसाइन् नवजात शिशु


चिकित्सकले रुवाउन खोज्दा, रिसाइन् नवजात शिशु

ब्राजिलकी एक नवजात शिशु जन्मिएको ४ मिनेटमा नै यति भाइरल भइन् कि विश्वभर उनको चर्चा चुलिएको छ । यसरी जन्मिएको ४ मिनेटमा नै भाइरल हुने नवजात शिशुको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

दक्षिण अमेरीकी मुलुक ब्राजिलको रियो दी जेनेरियोमा एक बालिका जन्मनसाथ भाइरल बनेकी हुन् । यसरी भाइरल हुनुको पछाडि भने उनको अनुहारको भाव (फेसियल एक्सप्रेसन) हो ।

खासमा शिशु जन्म भएपछि चार मिनेटमा नै चिकित्सकले उनको नाभी काट्न खोजे । तर जन्मदा नरोएकी शिशुको नाभी काट्नुअघि उनलाई रुवाउन आवश्यक थियो ।

तर जसै चिकित्सकले उनलाई रुवाउन कोशिस गरे शिशुले एकाएक रिसाएको भाव देखाइन् । उनको यस्तो प्रतिक्रिया देखेर अस्पतालको वातावरण उल्लासमय बनेको थियो । नाभी काटेपछि भने उक्त नवजात शिशु (बालिका) रोएकी थिइन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट