प्रकाशित मिति : मङ्ल, फाल्गुन २०, २०७६


बलात्कार आरोपी सिद्धबाबाद्वारा अदालतमा आत्मसमर्पण


बलात्कार आरोपी सिद्धबाबाद्वारा अदालतमा आत्मसमर्पण

सुनसरी । बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले जिल्ला अदालत सुनसरीमा आत्मसमर्पण गरेका छन् ।अनुयायीमाथि जबरजस्तीकरणी गरेको आरोप लागेको गिरिले मंगलबार आत्मसर्मपण गरेका हुन् ।

उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि गिरिलाई थुनामा पठाउने आदेश दिएकाे थिए । ‘अदालत आउनासाथ हामीले उनलाई थुनुवा पूर्जी दिएर झुम्का जेल पठाएका छौं’,जिल्ला अदालत सुनसरीका निमित्त स्रेस्तेदार निधिराम दाहालले भने।

कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि गिरीलाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो।

अदालतमा मुद्दाको बहस हुँदै गर्दा आफ्नो विपक्षमा फैसला आउने छनक पाएपछि उनी भारततिर भागेका थिए । यसअघि १६ मंसिरमा जिल्ला अदालत, सुनसरीले उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको दिएको थियो । तर, जिल्लाको आदेशविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत, बिराटनगर पुगेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट