प्रकाशित मिति : सोम, फाल्गुन १९, २०७६


सफल शल्यक्रियाका लागि मोदीले दिए ओलीलाई शुभकामना सन्देश


सफल शल्यक्रियाका लागि मोदीले दिए ओलीलाई शुभकामना सन्देश

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीका लागि स्वास्थ्यलाभको कामना गरेका छन् । प्रधानमन्त्री मोदीले ओलीलाई बुधबार हुन लागेको मिर्गौला प्रत्यारोण कार्य सफल भई छिटै स्वास्थ्यलाभ होस् भनी पशुपतिनाथसँग प्रार्थना गरेका हुन् । दीले सोमबार एक ट्विट गर्दै नेपाली समकक्षी ओलीको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।

‘मेरा प्रिय मित्र केपी शर्मा ओलीजी तपाईको सफल शल्यक्रिया र छिटो स्वास्यलाभको कामना गर्दछु।’ उनले सोमबार बिहान ट्विटरमा लेखेका छन्,‘तपाईको स्वास्थ्य, खुसी र दीर्घ जीवनका लागि भगवान पशुपतिनाथसँग प्रार्थना गर्दछु ।  नेपाल–भारत सम्बन्धका लागि तपाईको योगदान आगमी दिनमा निरन्तर रहोस् र नयाँ उचाइमा पुगोस् ।’

ओलीको १३ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छोडेपछि उहाँ नियमित डायलासिस गराउँदै आउनुभएको छ । प्रधानमन्त्री ओलीले दोश्रो पटकको मृगौला प्रत्यारोपणपछि पनि आफू अहिलेकै जस्तो सक्रिय रहने बताउँदै आउनुभएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट