प्रकाशित मिति : बुध, फाल्गुन १४, २०७६


चीनले बनाएकाे विशाल रेडियो टेलिस्कोप


चीनले बनाएकाे विशाल रेडियो टेलिस्कोप

चीनले निर्माण गरेको विश्वकै सबैभन्दा विशाल रेडियो टेलिस्कोप अन्ततः सञ्चालनमा आएको छ । तीन वर्ष लामो परीक्षण पश्चात् यो भीमकाय दूरबिन सञ्चालनमा ल्याइएको हो ।पहिलोपटक सन् २०१६ को सेप्टेम्बरमा यो टेलिस्कोपको परीक्षण सञ्चालन सुरु गरिएको थियो । यो टेलिस्कोपलाई अन्तरिक्षको आँखा पनि भन्ने गरिएको छ ।

चीनको गुइझोउ प्रान्तस्थित पहाडी इलाकामा स्थापित यो रेडियो टेलिस्कोप तयार पार्न २० वर्ष लागेको थियो । यो टेलिस्कोप तयार पार्नका लागि अमेरिका, बेलायत तथा पाकिस्तान समेत १० देशका वैज्ञानिकहरुले सहयोग गरेका थिए । यो टेलिस्कोप निर्माणमा झण्डै २० अर्ब रुपैयाँ लागेको छ ।

यो टेलिस्कोपले एक सेकेण्डमा ३८ गिगाबाइट डाटा संकलन गर्न सक्षम रहेको छ । विश्वकै ठूलो तथा शक्तिशाली र संवेदनशील यो रेडियो टेलिस्कोप पुर्टेरिकोको अरेसिबो अब्जर्भेटरी भन्दा अढाई गुणा बढी क्षमतावान छ । स्मरण रहोस् पुर्टोरिकोस्थित अब्जर्भेटरीमा दुनियाको दोश्रो सबैभन्दा ठूलो सिंगल डिस रेडियो टेलिस्कोप रहेको छ ।

चीनमा तयार पारिएको यो रेडियो टेलिस्कोप बनाउनुको उद्देश्य अन्तरिक्षमा जीवनको खोजी गर्नु रहेको छ । यसका साथै यसले एलियनको पनि खोजी गर्नेछ । यो टेलिस्कोपको नाम फाइभ हन्ड्रेड मिटर अपर्चर स्फेरिकल रेडियो टेलिस्कोप अर्थात् छोटकरीमा फास्ट रहेको छ । ४४५० प्यानलवाला यो टेलिस्कोपको आकार ३० वटा फुटबल मैदान बराबर रहेको छ । यसको अन्तरिक्ष रेन्ज चार गुणा धेरै छ ।

यो टेलिस्कोपले अहिलेसम्म ४४ वटा तिव्र गतिमा घुम्ने तारा अर्थात् पल्सर पत्ता लगाइसकेको छ । पल्सरले रेडियो तरंग तथा विद्युत चुम्बकीय विकिरण उत्सर्जन गर्दछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट