प्रकाशित मिति : बुध, फाल्गुन ७, २०७६


क्लबले बेवास्ता गरेको नेय्मारको ठहर !!


क्लबले बेवास्ता गरेको नेय्मारको ठहर !!

पीएसजीका स्टार खेलाडी नेयमारले क्लबले आफू खेल्न लायक भएर पनि खेलाउन डर मानेको आराेप लगाएका छन् ।

केही दिनअघि इन्ज्युरीबाट फर्केका नेयमारले आफूलाई क्लबले मैदान उतार्न डराइरहेको बताउँदै आफू पुर्ण रुपमा तयार भएको बताएका छन् । मंगलबार च्याम्पियन्स लिगकाे अन्तिम १६ मा बोरसिया डर्टमण्डसँग २–१ ले पराजित हुँदा नेयमारले एक गोल गरेका थिए ।

‘पछिल्ला खेलहरु गुमाउनुमा मेरो दोष छैन । म खेल्न चाहन्छु र म खेल्न सक्छु’, नेयमारले भने, ‘क्लब मलाई खेलाउन डराइरहेको छ र यसको असर ममाथि परिरहेको छ ।’

साथै नेयमारले बोरसियासँग आफूहरु अन्तिममा सम्हालिन नसक्दा हार ब्यहोर्न बाध्य भएको बताए । उनले हालान्ड उत्कृष्ट खेलाडी भएको र उनकै कारणले बोरसियालाई जित प्राप्त भएकाे बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट