प्रकाशित मिति : बुध, फाल्गुन ७, २०७६


एकाएक किन भयो भुमिको यो फोटो बलिउडमा भाइरल !!


एकाएक किन भयो भुमिको यो फोटो बलिउडमा भाइरल !!

बलिउड अभिनेत्री भूमि पेडनेकर सशक्त भूमिका निभाउनका लागि परिचित मानिन्छिन् । भूमीले शुभ मंगल सावधान, दम लगाके हइसा, ट्वाइलेट एक प्रेम कथा, बालालगायतका चलचित्रमा दर्शकको मन जित्ने गरी अभिनय गरिसकेकी छिन् ।

उनी चाँडै नै प्रदर्शनमा आउने दुर्गावतीमा पनि काम गर्दैछिन् । त्यस्तै, भिकी कौशलसँगै चलचित्र भूतमा पनि देखापर्दैछिन् ।

यसपटक भने उनको चर्चा चलचित्र अभिनयवाट भन्दा एक फोटोसुटबाट भैरहेको छ । भूमीले सेलिब्रेटी फोटोग्राफर डब्बो रतनानीको सन् २०२० को क्यालेण्डरका लागि एक फोटोसुट गराएकी छिन् । उक्त फोटोसुटमा उनलाई टपलेस जस्तै देखाईएको छ ।

उनले गरेको फोटोसुटमध्ये यो फोटोलाई अहिलेसम्मको सवैभन्दा ‘हट’ र ‘बोल्ड’ मानिएको छ ।

तस्वीरमा भूमि टपलेस शैलीमा बाथटबमा सुतिरहेको देखिन्छ । उनले आफ्नो लुक्सलाई सेक्सी बनाएकी छिन् । डव्वो रतनानी बलिउडमा ग्ल्यामर फोटोग्राफीमा निकै लोकप्रिय रहेका छन् । डब्बोले प्रत्येक बर्ष बलिउडका सेलिब्रेटीहरुको फोटोसुट गरेर क्यालेण्डर रिलीज गर्दै आएका छन् । उनको क्यालेन्डरमा आउने चाहना धेरै सेलिब्रेटीहरुले राख्ने गर्छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट