प्रकाशित मिति : सोम, फाल्गुन ५, २०७६


मेस्सी बार्सिलोनाका एतिहासिक खेलाडी, उनले क्याम नाउ छाड्दैनन् – काफु


मेस्सी बार्सिलोनाका एतिहासिक खेलाडी, उनले क्याम नाउ छाड्दैनन् – काफु

ब्राजिलियन लेजेण्ड काफुले बार्सिलोना स्टार लिओनेल मेस्सीले क्लब छाड्ने विषयमा आफ्नो अभिव्यक्ति दिएका छन् । काफुका अनुसार मेस्सीले बार्सिलोना छाडेर आफ्नो सम्मानलाई कम गराउन सक्दैनन् । एसी मिलान, रोमाबाट खेल्दै दुइ पटक विश्व कप जितेका ब्राजिलका काफुले मेस्सी जुन सुकै क्लब प्रस्थान गरेता पनि मेस्सी मेस्सी नै रहने बताएका छन् ।

एरिक एबिडोलसंग भएको असमझदारी प्रति समेत काफुले यसले कुनै प्रभाब नपार्ने बताएका छन् । उनले मेस्सीले जुन सुकै क्लब छनोट गरेता पनि बार्सिलोनाका निम्ति भने सदाबहार एक यादगार र योगदानपूर्ण खेलाडीको रुपमा रहने बताएका छन् ।

आज मेस्सी बार्सिलोनाका अतुलनीय खेलाडी हुन् र बार्सिलोनाका एक एतिहासिक खेलाडी मेस्सी रहेको काफु बताउछन । वोर्ल्ड्स स्पोर्ट्स अवार्डले मेस्सीलाई विश्व उत्कृष्ट खेलाडीको सम्मान दिदै छ र यसको अर्थ मेस्सी हरेक बर्षका विश्व उत्कृष्ट खेलाडी रहेको उनले बताए । मेस्सीको खेलले हर फुटबल प्रेमीलाई सन्तुष्टि दिएको छ र फुटबल एक हेर्नयोग्य बनाउनुमा मेस्सीको हात रहेको काफुले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट