प्रकाशित मिति : शुक्र, फाल्गुन २, २०७६


मेस्सी क्लब छाड्ने विषय प्रति नरम बन्दै अर्जेन्टिनी प्रशिक्षक स्कालोनी !!


मेस्सी क्लब छाड्ने विषय प्रति नरम बन्दै अर्जेन्टिनी प्रशिक्षक स्कालोनी !!

अर्जेन्टिनाका प्रमुख प्रशिक्षक लिओनेल स्कालोनीले हालै बार्सिलोना र मेस्सी विच चलेको अविश्वास ब्यबस्थापन प्रति कुनै समस्या नरहेको अभिव्यक्ति दिएका छन् । उनका अनुसार मेस्सी र बार्सिलोना फुटबल निर्देशक एरिक अबिडोल विचको भएको नकारात्मक खटपट प्रति कुनै नकारात्मक पक्ष नरहेको बताएका छन् ।

अबिडोलले प्रशिक्षक बर्खास्त गर्नु पूर्व आफ्नै खेलाडीमा समेत कमजोरी रहेको कुरामा स्कालोनीको सहमत रहेको बताएका छन् । सामाजिक संजालमा मेस्सीले दिएका प्रतिक्रियालाई नियाल्दा मेस्सीले क्याम नाउ छाड्ने प्रष्ट देखिन्छ तर स्कालोनीले उक्त विषयमा त्यति धेरै गम्भीरता लिनु नपर्ने बताउछन ।

बेटिस विरुद्धको खेल पश्चात नै स्कालोनीले मेस्सी सहिसलामत रहेको र कुनै समस्या नरहेको उनले बताएका छन् । खेलमा मेस्सीले गोल नगरेता पनि मैदानमा मेस्सी विशिष्ट रहेको स्कालोनीको भनाई छ ।

अन्तर्राष्ट्रिय ट्रफी दौडमा मेस्सीले गरिरहेको लगाब प्रति आफ्नो पूर्ण साथ् रहेको स्कालोनीले बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट