प्रकाशित मिति : बुध, माघ २९, २०७६


खेलाडी किनबेचमा बार्सिलोनाले गरेको गल्ति, यसरी मेस्सीको योजना र इच्छा ओझेलमा पारिदै !!


खेलाडी किनबेचमा बार्सिलोनाले गरेको गल्ति, यसरी मेस्सीको योजना र इच्छा ओझेलमा पारिदै !!

बार्सिलोनाको गहना हो ला मासिया जहाँ खेलाडी पिके, बुस्केट्स, रोबेर्टो देखि विश्व फुटबल स्टार लिओनेल मेस्सीको उत्पत्ति भयो । तर पनि पछिल्लो तथ्यांकलाई हेर्दा खेलाडी किनबेच प्रक्रियामा बार्सिलोना विश्व सर्वाधिक चौथो स्थानमा सर्वाधिक खर्च गर्ने क्लब बनेको छ । १.२३ बिलियन पौण्ड खर्चिदै नयाँ खेलाडी भित्र्याएको बार्सिलोना नयाँ खेलाडी किन्ने सुचीमा चौथो स्थानमा छ ।

पछिल्लो हप्ता एक घटना भयो जसमा बार्सिलोनाका निर्देशक एरिक अबिडल र मेस्सी विच अविश्वासको प्रश्न उठ्यो, जसको फलत लिओनेल मेस्सीले क्लब छाड्ने योजना बनाउदै इन्ग्लिश क्लब म्यानचेस्टर सिटी जाने प्रस्ताव देखाए । प्रस्ताव प्रति उल्टै पुर्बी प्रशिक्षक पेप ग्वाडिवालाले अस्विकार देखाए ।

नयाँ खेलाडी क्लब प्रवेशमा ला लिगा हेबी वेट बार्सिलोनाले गल्ति गर्दै गरेको विभिन्न मिडियाले हालै सर्वाजनिक गरेको देखिन्छ, जसको जोड च्याम्पियन लिगमा बार्सिलोनाले दोहोर्याउदै छ गल्ति । साथै २०१५ पश्चात बार्सिलोना ठुलो खर्चको बाबजुत समेत च्याम्पियन लिग जित्न सकेको छैन ।

बार्सिलोना अध्यक्ष जोसेप बार्टोमेउले पचिल्लो चरण खेलाडी चयनमा गरेको गल्ति प्रति धेरैले आलोचना गरेका छन् भने मेस्सीले समेत असन्तुष्टि देखाउदै आएका छन । साथै विभिन्न अफबाहहरु देखिएन थालेका छन् जसमा लिओनेल मेस्सी खुद अध्यक्ष बार्टोमेउको बर्खास्ती चाहिरहेका छन् र त्यसो नभए आफै क्लब छाड्ने उनको योजना देखिएको छ ।

बार्टोमेउले अन्य २५ खेलाडीहरु ल्याउने र बेच्ने तयारीमा देखिएका छन् जसमा मेस्सीको इच्छा र योजनालाई भने छायामा पारिदै छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट