प्रकाशित मिति : सोम, माघ २७, २०७६


सिड्नीमा ३० वर्ष यताकै ठूलो वर्षा : डढेलो निभ्यो, जनजीवन अस्तव्यस्त


सिड्नीमा ३० वर्ष यताकै ठूलो वर्षा : डढेलो निभ्यो, जनजीवन अस्तव्यस्त

अस्ट्रेलियाको सिड्नी सहरमा ३० वर्षयताकै भीषण वर्षा भएको छ। वर्षापछि आएको बाढीका कारण त्यहाँ यातायात अस्तव्यस्त भएको तथा जनजीवन प्रभावित भएको छ। हजारौँ मानिस आफ्ना घर छाड्न बाध्य भएका छन्।

सो क्षेत्रको मौसमसम्बन्धी निकायका अनुसार गत चार दिनमा त्यहाँ झन्डै ४०० मिलिमिटर पानी परेको छ। सो निकायले अचानक बाढी आउन सक्ने र त्यसले ज्यान जोखिममा पार्न सक्ने चेतावनी दिएको छ। झन्डै एक लाख घरमा बिजुली गएको छ।

डढेलो निभ्दै

केही महिनायता न्यू साउथ वेल्स राज्यका ठाउँठाउँमा फैलिएको डढेलोलाई वर्षाले निभाइदिएको छ। विगत ७४ दिनदेखि स्वालहेवन नगरनजिकै फैलिरहेको करोवान नामक डढेलो पनि निभेको छ। उक्त डढेलोले ५०० हेक्टर क्षेत्रफल प्रभावित पार्दै ३१२ वटा घर नष्ट गरिदिएको थियो।

मौसम विभागले डढेलो प्रभावित क्षेत्रहरू नै बाढीको बढ्ता खतरामा रहेका र तीव्र गतिमा बग्ने भेलले ठूलो परिमाणमा फोहोर बगाएर ल्याउने चेतावनी दिएको छ। हाल न्यू साउथ वेल्समा ३१ वटा छुट्टाछुट्टै डढेलो लागिरहेको थियो।

भीषण वर्षाका कारण वर्षौँदेखि सुक्खा बेहोरिरहेको सो क्षेत्रमा पानीको आपूर्ति प्रणालीमा भरथेग भएको छ। सिड्नीको अधिकांश पानीको माग पूर्ति गर्ने वारागाम्बा बाँध ७० प्रतिशत भरिन लागेको बताइएको छ। गत सातामात्र त्यहाँ जम्मा ४२ प्रतिशत पानी भरिएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट