प्रकाशित मिति : आइत, माघ २६, २०७६


मेस्सी बालोन डी’ओर पश्चात रोनाल्डो गोल रेकर्ड


मेस्सी बालोन डी’ओर पश्चात रोनाल्डो गोल रेकर्ड

युभेन्ट्स स्टार क्रिस्टियानो रोनाल्डो हालै ३५ लागेका छन् तर उनले आफ्नो स्तरमा कम हुने कुनै संकेत देखाएका छैनन । २ महिनाको अन्तरालमा रोनाल्डोले १० गोल सिरी ए फुटबल लिगमा गरिसकेका छन् । ठुला लिगबाट बाहिरिनु पर्दा र साथै नजिकिदै गरेको यूरो २०२० का कारण समेत रोनाल्डो फुटबलमा निकै प्रभावकारी बन्दै गरेको देखिएको छ । अन्तर स्तरमा बढावाका निम्ति प्रतिस्पर्धी मेस्सी कै कारण रोनाल्डो आफ्नो स्तरबाट कम्जोर नभएको पाउन सकिन्छ ।

कारण छ, अर्जेन्टिनी लिओनेल मेस्सीले हालै नोभेम्बरमा छैटौ बालोन डी’ओर जितेका थिए तर मेस्सीले यस दुई महिना अन्तरालमा मात्र ५ गोल गर्न सफल भए भने रोनाल्डोले १४ औ गोल पुरा गरे । यूरोपियन गोल रेसमा रोनाल्डो यस अबधिमा अग्र पंक्तिमा देखिएका छन् । पहिलेको खेल स्तर भन्दा रोनाल्डोका पछिल्ला खेल स्तर निकै चुलिएको देख्न सकिन्छ ।

रोनाल्डोले हुन त् टूरिन गए पश्चात समेत राम्रो नतिजा बनाइसकेका छन् । उनले प्रति ८८ मिनेटमा एक गोल गर्दै आएको तथ्यांकले समेत देखाएको छ । इतिहास हेर्दा कुनै खेलाडीले रोनाल्डोको सहज शैली सरह गोल गर्न सकेका छैनन् । यस तथ्यांक हेर्दा रोनाल्डो अझै ४० वर्षको उमेरसम्म फुटबल खेल खेल्न सक्ने देख्न सकिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट